बहुविवाहको कानुन ल्याएर अझ वैवाहिक हिंसा थप गर्ने कुरा नगरौं
सम्बन्ध मानिसले बनाउँदै जाने हो । सम्बन्ध बनाउँदा त्यहाँ सहकार्य हुन्छ, सहकार्यमा छलफल, कुराकानी र साझेदारी अनि जिम्मेवारी हुन्छ । यी सब निभाउन दृढ अठोट चाहिन्छ । यसमा मतविभाजन हुन थाले, एक पक्षले
सम्बन्ध मानिसले बनाउँदै जाने हो । सम्बन्ध बनाउँदा त्यहाँ सहकार्य हुन्छ, सहकार्यमा छलफल, कुराकानी र साझेदारी अनि जिम्मेवारी हुन्छ । यी सब निभाउन दृढ अठोट चाहिन्छ । यसमा मतविभाजन हुन थाले, एक पक्षले अर्को पक्षलाई दमन गर्न थाले, अन्याय, अत्याचार, शोषण, विभेद र हिंसा हुन थाले अनि विषाक्त हुन थाले भने त्यो सम्बन्ध सम्बन्ध रहँदैन– बरु कलह, बेमेल र झैझगडा हुन्छ । सम्बन्ध व्यक्ति–व्यक्तिबीच र समूह–समूहबीच बन्ने अथवा भत्किने गर्छ ।
सम्बन्धमा समझदारी, प्रतिबद्धता, सम्मान, विश्वास र अन्तर्क्रिया अनिवार्य सर्त हुन् । सम्बन्ध कुनै वंशानुगत स्वास्थ्य समस्या जस्तो या विभिन्न हर्मोनल परिवर्तनले आफैं हुने ‘प्रेम’ जस्तो पनि होइन रहेछ कि ! अचेल नमिलेका सम्बन्ध छताछुल्ल रूपमा सामाजिक सञ्जालमा पोखिइरहेका छन् ।
सम्बन्धमा दुई पक्षको अन्तर्क्रिया भएर मिल्ने र नमिल्ने हुन जान्छ तर अलि शक्तिशालीले कमजोरलाई बढी दबाबमा राख्ने त भई नै हाल्यो । सम्बन्धहरू विचार नमिलेर मात्र तिक्ततामा परिवर्तन हुने होइनन् । धन, सम्पत्ति, पद, स्रोतसाधन, पुस्तैनी इगो तथा अत्यधिक आशाले पनि सम्बन्धमा उँचनिच हुन जान्छ ।
