
शेषकान्त मरासिनी
कपिलवस्तु ,
समाजमा बढ्दो घरेलु हिंसाका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जनचेतनामूलक सन्देशसहितको सूचना सार्वजनिक गरिएको छ। उक्त सूचनामा घरेलु हिंसाको परिभाषा, यसको प्रकार तथा कानुनी सजायसम्बन्धी विस्तृत जानकारी दिइएको छ।सूचना अनुसार, महिला तथा परिवारका सदस्यमाथि गरिने कुनै पनि प्रकारको शारीरिक, मानसिक, यौन वा आर्थिक दुर्व्यवहारलाई घरेलु हिंसा भनिन्छ। घरेलु हिंसा (महिला संरक्षण ऐन २०६६) अनुसार यस्तो कार्य दण्डनीय अपराध हो।हिंसाका प्रकारहरूसूचनामा घरेलु हिंसालाई चार प्रमुख प्रकारमा वर्गीकरण गरिएको छः१. शारीरिक हिंसामहिलामाथि कुटपिट, चोटपटक पुर्याउने, धम्की दिने वा शरीरमा हानी पुर्याउने कार्यलाई शारीरिक हिंसा मानिन्छ।२. यौन हिंसाअवाञ्छित यौन व्यवहार, जबरजस्ती यौन सम्पर्क, अश्लील सामग्री हेर्न बाध्य पार्ने वा यौन शोषण गर्ने कार्य यस अन्तर्गत पर्दछ।३. मौखिक तथा भावनात्मक हिंसाअपमान गर्ने, गालीगलौज गर्ने, हेप्ने, धम्क्याउने, चरित्रहत्या गर्ने तथा मानसिक पीडा दिने कार्यलाई यसमा समावेश गरिएको छ।४. आर्थिक हिंसामहिलालाई सम्पत्तिमा अधिकार नदिने, आवश्यक खर्चबाट वञ्चित गर्ने, रोजगारी गर्न नदिने वा आर्थिक रूपमा निर्भर बनाउने कार्यलाई आर्थिक हिंसा भनिन्छ।कानुनी सजायको व्यवस्थासूचनामा उल्लेख भएअनुसार घरेलु हिंसा गर्ने व्यक्तिलाई ३ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ।पुनः दोहोर्याएर हिंसा गरेमा थप कडा सजाय हुने उल्लेख गरिएको छ। साथै, सार्वजनिक पदमा रहेका व्यक्तिले हिंसा गरेमा सजायमा थप वृद्धि हुने प्रावधान रहेको छ।यदि अदालतको आदेश उल्लंघन गरेमा २ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना वा ४ महिनासम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।उजुरी र सहयोगघरेलु हिंसा पीडितले राष्ट्रिय महिला आयोग मा सम्पर्क गर्न सक्ने र आवश्यक सहयोग प्राप्त गर्न सक्ने जानकारी पनि दिइएको छ।सूचनामा सबैलाई घरेलु हिंसा विरुद्ध सचेत हुन, पीडितलाई सहयोग गर्न र यस्ता घटनाको समयमै उजुरी गर्न आग्रह गरिएको छ।
