विद्यार्थी संगठन अनेरास्ववियुमा दीपक धामी अध्यक्ष

मङ्सिर -१,
कपिलवस्तु नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा नयाँ नेतृत्व चयन भएको छ। अनेरास्ववियुको आज बसेको बैठकले दीपक धामीलाई संगठनको अध्यक्षमा चयन गरेको छ।
यसअघि अध्यक्ष रहेका सुजन कडरियाको राजीनामा स्वीकृत गरेपछि धामीलाई अध्यक्षको जिम्मेवारी दिइएको हो। कडरियाले जेनजी आन्दोलनका क्रममा राजीनामाको घोषणा गरेका थिए। आन्दोलन सकिएपछि पुनः पदमा फर्किन खोजिए पनि संगठनभित्र उत्पन्न किचलोका कारण उनले अन्ततः राजीनामा दिएका हुन्।
नव-चयनित अध्यक्ष धामीले विद्यार्थी आन्दोलनलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्। अनेरास्ववियुले नेतृत्व परिवर्तनलाई संगठन सुदृढीकरणका रूपमा व्याख्या गरेको छ।
