शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
Latest News
कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१ मा सञ्चालन भइरहेको “१० औ प्राचीन कपिलवस्तु महोत्सव २०८३” यतिबेला विभिन्न विवादका कारण चर्चामा आएको छ। यसअघि अश्लील भोजपुरी गीतहरू बजाइएको विषयमा आलोचना खेपेको महोत्सवमा अहिले व्यवस्थापन तथा सुरक्षाकर्मीको व्यवहारप्रति पनि गम्भीर गुनासाहरू थपिएका छन्। विशेष समाचार: सिमानामा किसानलाई मल ल्याउन अवरोध नगर्न सशस्त्र प्रहरीको कडा निर्देशन घरेलु हिंसाबारे जनचेतनामूलक सन्देश: कानुनी सजायसम्मको चेतावनी ओली र रमेश लेखकलाई २६ चैतमा रिहा गर्न सर्वोच्चको आदेश बालिकाको खोजि गर्न परिवारको अपिल तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो कपिलवस्तुमा टिपर दुर्घटनामा ७ वर्षीया बालिकाको मृत्यु, अवैध बालुवा उत्खननमाथि प्रश्न सिद्धार्थ क्याम्पसमा ‘सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्य रूपमा हुँदै जिल्ला कमिटी कपिलवस्तुद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा गरिएको पक्राउलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण कार्य भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा दिउँसै धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशन सम्पन्न, रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ दिग्गज अभिनेता सुनील थापा अब हामीसँग छैनन् राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त अधिवेशन सम्पन्न लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ को नाममा तस्करी, पटकै पिच्छे बदमासी कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट कक्षा १ का विद्यार्थीको मृत्यु परीक्षा दिन हिँडेका विद्यार्थीमाथि साङ्घातिक आक्रमण, छिमेकीमाथि आरोप कपिलवस्तुका दिपेन्द्र केवट भारतको लुधियानाबाट बेपत्ता, परिवारले खोजीमा सहयोगको अपिल विद्यार्थी संगठन अनेरास्ववियुमा दीपक धामी अध्यक्ष ✈️ त्रिभुवन विमानस्थलमा ५ घण्टा उडान अवरुद्ध: भैरहवा र पोखरा किन बन्न सकेनन् वैकल्पिक गन्तव्य?
अन्य

✈️ त्रिभुवन विमानस्थलमा ५ घण्टा उडान अवरुद्ध: भैरहवा र पोखरा किन बन्न सकेनन् वैकल्पिक गन्तव्य?

  • Published७ महिना अगाडि

२३ कात्तिक, शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा धावनमार्गको लाइटमा समस्या आएपछि करिब ५ घण्टासम्म उडान र अवतरण बन्द भयो। दिउँसो साढे ३ बजेदेखि भएको यस अवरोधले अन्तर्राष्ट्रिय र आन्तरिक गरी दर्जनौं उडान/अवतरणहरू प्रत्यक्ष प्रभावित भए।

प्रमुख अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट

  • ‘पिक आवर’ मा भएको अवरोधका कारण विदेशबाट आएका कोरियन एयर, फ्लाइ दुबई, कतार एयरवेज लगायतका जहाजहरू करिब १ घण्टासम्म नेपालको आकाशमा ‘होल्ड’ भएपछि वैकल्पिक गन्तव्यतर्फ डाइभर्ट गरिएका थिए।
  • कोरियन एयर भारतको नयाँदिल्ली, फ्लाइ दुबई भारतकै लखनउ र कतार एयरवेज बंगलादेशको ढाकातर्फ डाइभर्ट भए।
  • दिल्लीबाट आएको नेपाल एयरलाइन्सको वाइड बडी जहाज भने आकाशमै फन्को मार्दै बस्यो र समस्या समाधान भएपछि मात्र TIA मा अवतरण गर्‍यो।

पाठकको जिज्ञासा: भैरहवा र पोखरा किन भएनन् विकल्प?

काठमाडौंमा समस्या आउँदा जहाजहरू छिमेकी देशका विमानस्थलतर्फ डाइभर्ट भएको खबर सार्वजनिक भएपछि पाठकहरूले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल किन विकल्प बन्न सकेनन् भनी प्रश्न उठाएका छन्।

यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता रिन्जी शेर्पाले महत्त्वपूर्ण जानकारी दिएका छन्।

विमानस्थल प्रशासनको स्पष्टीकरण

निर्देशक शेर्पाका अनुसार, विदेशी जहाजहरू वैकल्पिक गन्तव्यमा डाइभर्ट हुनुमा नेपालको विमानस्थल प्रशासनको निर्देशन नभई वायुसेवा कम्पनी स्वयंको निर्णय हुन्छ।

  • अग्रिम फ्लाइट प्लान: ‘हरेक वायुसेवा कम्पनीले हरेक गन्तव्यमा उड्नुअघि आफ्नो फ्लाइट प्लानमा वैकल्पिक विमानस्थलबारे अग्रिम निर्णय गरेर आउने गर्छ,’ शेर्पाले स्पष्ट पारे।
  • लजिस्टिक र व्यवस्थापन: विदेशी वायुसेवा कम्पनीहरूले वैकल्पिक विमानस्थलमा जाने निर्णय गर्नुमा ‘ग्राउन्ड स्टाफ’ को उपलब्धता, उडान/अवतरण र पार्किङको वार्षिक सम्झौता, र डाइभर्ट भएका यात्रुलाई होटलमा राख्ने अग्रिम व्यवस्थापन जस्ता कारणले भूमिका खेलेको हुन्छ।
  • स्रोतसाधनको उपलब्धता: शेर्पाले भने, ‘विदेशी जहाजले आफ्नो स्रोतसाधन जहाँ छ, सोही गन्तव्यमा डाइभर्ट गर्छन्।’

शेर्पाका अनुसार, भविष्यमा कतार एयरवेजजस्ता कम्पनीले भैरहवा वा पोखरामा नियमित उडान सञ्चालन गरेर त्यहाँका होटलसँग सम्झौता गर्ने र ग्राउन्ड स्टाफ राख्ने अवस्था आएमा मात्रै उनीहरूले काठमाडौंको विकल्पको रूपमा ती विमानस्थललाई तोक्न सक्नेछन्।

Written By
darpan

Leave a Reply

Your email address will not be published. Required fields are marked *