कपिलवस्तुका दिपेन्द्र केवट भारतको लुधियानाबाट बेपत्ता, परिवारले खोजीमा सहयोगको अपिल

कपिलवस्तु नगरपालिका–१० पचेहराका २४ वर्षीय दिपेन्द्र केवट भारतको पंजाब, लुधियानाबाट बेपत्ता भएका छन्। रोजगारीका लागि अमरनाथ केवटसँगै भारत पुगेका दिपेन्द्र केही दिनदेखि सम्पर्कविहीन भएका हुन्।परिवारका अनुसार दुवै जना पंजाब क्षेत्रमै काम गर्दै आएका थिए तर अचानक दिपेन्द्रसँगको सम्पर्क टुटेपछि परिवार अत्यन्त चिन्तित बनेको छ। लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नआएपछि परिवारले सर्वसाधारणसँग सहयोग मागेका छन्।बेपत्ता दिपेन्द्रको खोजीमा कुनै पनि प्रकारको जानकारी उपलब्ध गराउने व्यक्तिलाई उचित पुरस्कार प्रदान गरिने उनका परिवारले जनाएका छन्।यदि कसैलाई दिपेन्द्रबारे कुनै जानकारी भएमा तलका नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छः
📞 +977 9700412212
📞 +977 9708428428
— दिपेन्द्र केवटको परिवार
