मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
Latest News
कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१ मा सञ्चालन भइरहेको “१० औ प्राचीन कपिलवस्तु महोत्सव २०८३” यतिबेला विभिन्न विवादका कारण चर्चामा आएको छ। यसअघि अश्लील भोजपुरी गीतहरू बजाइएको विषयमा आलोचना खेपेको महोत्सवमा अहिले व्यवस्थापन तथा सुरक्षाकर्मीको व्यवहारप्रति पनि गम्भीर गुनासाहरू थपिएका छन्। विशेष समाचार: सिमानामा किसानलाई मल ल्याउन अवरोध नगर्न सशस्त्र प्रहरीको कडा निर्देशन घरेलु हिंसाबारे जनचेतनामूलक सन्देश: कानुनी सजायसम्मको चेतावनी ओली र रमेश लेखकलाई २६ चैतमा रिहा गर्न सर्वोच्चको आदेश बालिकाको खोजि गर्न परिवारको अपिल तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो कपिलवस्तुमा टिपर दुर्घटनामा ७ वर्षीया बालिकाको मृत्यु, अवैध बालुवा उत्खननमाथि प्रश्न सिद्धार्थ क्याम्पसमा ‘सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्य रूपमा हुँदै जिल्ला कमिटी कपिलवस्तुद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा गरिएको पक्राउलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण कार्य भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा दिउँसै धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशन सम्पन्न, रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ दिग्गज अभिनेता सुनील थापा अब हामीसँग छैनन् राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त अधिवेशन सम्पन्न लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ को नाममा तस्करी, पटकै पिच्छे बदमासी कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट कक्षा १ का विद्यार्थीको मृत्यु परीक्षा दिन हिँडेका विद्यार्थीमाथि साङ्घातिक आक्रमण, छिमेकीमाथि आरोप कपिलवस्तुका दिपेन्द्र केवट भारतको लुधियानाबाट बेपत्ता, परिवारले खोजीमा सहयोगको अपिल विद्यार्थी संगठन अनेरास्ववियुमा दीपक धामी अध्यक्ष ✈️ त्रिभुवन विमानस्थलमा ५ घण्टा उडान अवरुद्ध: भैरहवा र पोखरा किन बन्न सकेनन् वैकल्पिक गन्तव्य?
अन्य

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१ मा सञ्चालन भइरहेको “१० औ प्राचीन कपिलवस्तु महोत्सव २०८३” यतिबेला विभिन्न विवादका कारण चर्चामा आएको छ। यसअघि अश्लील भोजपुरी गीतहरू बजाइएको विषयमा आलोचना खेपेको महोत्सवमा अहिले व्यवस्थापन तथा सुरक्षाकर्मीको व्यवहारप्रति पनि गम्भीर गुनासाहरू थपिएका छन्।

  • Published१ महिना अगाडि

स्थानीय सहभागीहरूको अनुसार, परिचयपत्र (आईडी कार्ड) नभएकालेपनि मलाई “सबैले चिन्छन्” भन्ने आधारमा अनावश्यक रूपमा रोक्ने, सोधपुछ गर्ने र हैरानी दिने गरिएको छ। तर, आयोजक वा सुरक्षाकर्मीका चिनजानका व्यक्तिहरूलाई भने सहज रूपमा प्रवेश दिने तथा विशेष व्यवहार गर्ने गरिएको आरोप लगाइएको छ। यसले कार्यक्रममा भेदभावपूर्ण व्यवहार भएको अनुभूति गराएको भन्दै स्थानीयवासीहरूले आपत्ति जनाएका छन्।यसअघि पनि महोत्सवमा अश्लील भोजपुरी गीतहरू बजाइएको भन्दै अभिभावक, बुद्धिजीवी तथा सरोकारवालाहरूले आलोचना गरेका थिए। सार्वजनिक तथा पारिवारिक वातावरणमा यस्तो सामग्री प्रस्तुत गरिएकोले सामाजिक मूल्य–मान्यतामा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।स्थानीयवासी तथा सहभागीहरूले महोत्सव जस्तो सार्वजनिक कार्यक्रममा सबै नागरिकलाई समान व्यवहार गरिनुपर्ने, व्यवस्थापन पारदर्शी हुनुपर्ने र सुरक्षाकर्मीलाई स्पष्ट निर्देशन दिइनुपर्ने माग गरेका छन्। साथै, सर्वसाधारणमाथि हुने दुव्र्यवहार रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।हालसम्म आयोजक पक्षबाट यी आरोपहरूबारे औपचारिक प्रतिक्रिया आएको छैन। यता, स्थानीय प्रशासनले भने विषयमा चासो देखाउँदै आवश्यक अनुसन्धान गर्ने संकेत दिएको जनाएको छ।

Written By
darpan

Leave a Reply

Your email address will not be published. Required fields are marked *