मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
Latest News
कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१ मा सञ्चालन भइरहेको “१० औ प्राचीन कपिलवस्तु महोत्सव २०८३” यतिबेला विभिन्न विवादका कारण चर्चामा आएको छ। यसअघि अश्लील भोजपुरी गीतहरू बजाइएको विषयमा आलोचना खेपेको महोत्सवमा अहिले व्यवस्थापन तथा सुरक्षाकर्मीको व्यवहारप्रति पनि गम्भीर गुनासाहरू थपिएका छन्। विशेष समाचार: सिमानामा किसानलाई मल ल्याउन अवरोध नगर्न सशस्त्र प्रहरीको कडा निर्देशन घरेलु हिंसाबारे जनचेतनामूलक सन्देश: कानुनी सजायसम्मको चेतावनी ओली र रमेश लेखकलाई २६ चैतमा रिहा गर्न सर्वोच्चको आदेश बालिकाको खोजि गर्न परिवारको अपिल तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो कपिलवस्तुमा टिपर दुर्घटनामा ७ वर्षीया बालिकाको मृत्यु, अवैध बालुवा उत्खननमाथि प्रश्न सिद्धार्थ क्याम्पसमा ‘सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्य रूपमा हुँदै जिल्ला कमिटी कपिलवस्तुद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा गरिएको पक्राउलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण कार्य भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा दिउँसै धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशन सम्पन्न, रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ दिग्गज अभिनेता सुनील थापा अब हामीसँग छैनन् राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त अधिवेशन सम्पन्न लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ को नाममा तस्करी, पटकै पिच्छे बदमासी कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट कक्षा १ का विद्यार्थीको मृत्यु परीक्षा दिन हिँडेका विद्यार्थीमाथि साङ्घातिक आक्रमण, छिमेकीमाथि आरोप कपिलवस्तुका दिपेन्द्र केवट भारतको लुधियानाबाट बेपत्ता, परिवारले खोजीमा सहयोगको अपिल विद्यार्थी संगठन अनेरास्ववियुमा दीपक धामी अध्यक्ष ✈️ त्रिभुवन विमानस्थलमा ५ घण्टा उडान अवरुद्ध: भैरहवा र पोखरा किन बन्न सकेनन् वैकल्पिक गन्तव्य?
अन्य

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ को नाममा तस्करी, पटकै पिच्छे बदमासी

  • Published६ महिना अगाडि

वाणगंगा ।गौरवको आयोजनाका नाममा संचालित एक क्रेशर उद्योगबाट धमाधम नदिजन्य पदार्थ निजि क्षेत्रमा तस्करी भैरहेको छ ।बुटवल गोरुसिंगे चन्द्रौटा सडक आयोजनाका नाममा बाणगंगा नगरबाट अमानतमा अर्थात विना प्रतिस्पर्धा कम राजश्वमा उठाईएको नदिजन्य पदार्थ बाहिर विक्रि गरेको तथ्य फेला परेको हो । एससिइजीसी–एनएस जेभी निर्माण कम्पनीले गौरवको आयोजनाका लागि नदिजन्य पदार्थको जिम्मालिई ठेक्कामा लिईएको लुम्बिनी क्रेशरबाट निजि क्षेत्रलाई नदिजन्य पदार्थ विक्रि गरेको तथ्य फेला परेको हो ।गत आर्थिक वर्षमा सड्क आयोजनाका नाममा बाणगंगा नगरपालिकाको बाणगंगा नदि श्रीङ्गीघाट देखि मधुवन सम्म ६३ हजार ९ सय ९६ घनमिटर नदिजन्य पदार्थ ३ करोड ३८ लाख ८१ हजार ६ सय ३१ रुपैया मात्र हात पारेको थियो । सो बेला नक्कली ससिद बनाई झण्डै दोब्बर नदिजन्य पदार्थ संकलन गरेको आरोप लागेको थियो । गत मंगलबार नदिजन्य पदार्थ महङ्गोमा विक्रि गरेको सुचना थाहा पाएपछी लुम्बिनी क्रेशरमा पुगेका संचारकर्मीले सो तथ्य फेला पारेका हुन् ।आयोजना मातहतमा रहेको उक्त क्रेशरबाट लु ३ त ४६०७ नम्बरको ट्याक्टर कृष्ण थापा र रा १ त ३०१७ नं को ट्याक्टर जिएम बरालका नाममा कम विजक बनाई भ्याट छलि समेत गरेर निजि प्रयोजनका लागि आयोजनाका नाममा ल्याईएको नदिजन्य पदार्थ विक्रि गरेको प्रत्यक्ष फेला परेको थियो ।गत चैत्र १२ गते बाणगंगा खोलाबाट नदीजन्य पदार्थ चोरी नक्कली रसिद काण्डमा नगरपालिकाबाट कार्वाहीमा परेको एससिइजीसी–एनएस जेभी निर्माण कम्पनी अर्न्तरगतको लुम्बिनी क्रेशर बाट पुन नदिजन्य पदार्थ अवैध निकासी भैरहेको तथ्य फेला परेको हो ।बाणगंगा नगरपालिकाको राजस्व शाखाले नदीबाटै नक्कली बिल बनाई ढुवानी गरिरहेको आयोजनाको लु २ ख १७०४ नम्बरको टिप्पर नियन्त्रणमा लिएको थियो । ठेकेदारले चैत ११ गते उक्त ट्रकलाई ४२० नम्बरको रसिद काटेका थियो भने १२ गते करिब ४ बजे नगरपालिकाको टोली अनुगमन आउने थाहा पाएपछि हतार हतार ४१२ नम्बरको रसिद काटेका आधारमा नगरको अनुगमन टोलीले फेला पारेको थियो ।नगरपालिका श्रोतका अनुसार ४१२ नम्बरको उक्त रसिद नक्कली रहेको भन्दै राजस्व छली गरेको आरोपमा ६० हजार जरिवाना गरि छाडेको थियो ।बुटवल–गोरुसिंगे चन्द्रौटा सडक योजनालाई आवश्यक पर्ने नदीजन्य पर्दाथ निकासी गर्न बाणगंगा नगरपालिकाले उक्त ठेकेदारलाई चालु आबका लागि भ्याट बाहेक १५ रुपैयाँ रुपैयाँको दरले ६४ हजार घन मिटर माल निकाल्न स्वीकृति दिएको थियो । अन्य व्यवसायीलाई भने प्रतिस्पर्धामा दोब्बर रकम परेको छ ।आयोजनाको बुटवल देखि बुड्ढी चोक सम्मको ४ लेन सडक निर्माणका लागि १ लाख घन मिटर नदीजन्य पर्दाथ आवश्यक पर्ने लागत स्टिमेट हुँदा हुँदै पनि ठेकेदार पक्षले ३ लाख घन मिटर नदीजन्य पर्दाथ निकासीका लागि बाणगंगा नगरपालिका सँग माग गरेको थियो । तर बाणगंगाले महत्त्वपूर्ण आयोजना भन्दै हाल करिव ६४ हजार मात्र दिने र पछि आवश्यक परे दिने भन्दै सिधै कार्यपालिकाबाटै निर्णय गरेर नदीजन्य सामाग्री उपलब्ध गराइएको थियो । नगरसंगको सम्झौताको बुदाँ नं ५ मा आयोजना निर्माण कम्पनीले नदिजन्य पदार्थ आयोजनाको काममा प्रयोग गर्नुपर्ने शर्त रहेको छ ।गौरवको आयोजनाको नाममा करछलि गर्दै उद्योगनिजि क्षेत्रलाई गौरवको आयोजनाको नाममा ल्याईएको नदिजन्य पदार्थ विक्रि गर्दा क्रेशरले भ्याट छलि गरेको छ । क्रशरले भ्याटमा काट्नुपर्ने रसिद कम विजक बनाएर प्यान विल ठमाएको हो । प्रतिफुट ५५ रुपैयाका दरले विक्रि भएको बालुवाको मुल्य ५५ सय तिर्दा व्यवसायीले २ हजारको मात्र विल पाउने गरेको ट्याक्टर चालक बताउछन् ।गौरवको आयोजनाका नाममा लुट मच्याई रहने ठेकेदार तथा उक्त क्रेशर संचालक बाबुराम अधिकारीले पट्क पट्क किर्ते र अवैध धन्दा मच्याउदा सरोकारवाला निकाय भने बेखबर जस्तै बनेको छ । बाणगंगा नगरपालिकाका राजश्व शाखा प्रमुख मदन घिमिरेले नदिजन्य पदार्थ निजि क्षेत्रलाई विक्रि गर्न नपाउने र सो फेला परे कार्वाही हुने बताए । यस सम्बन्धमा गुनासोहरु आउन थालेको उनको भनाई छ ।

Written By
darpan

Leave a Reply

Your email address will not be published. Required fields are marked *