लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन मंसिर ८ गते हुने

देउखुरी, लुम्बिनी — लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन २०८२ साल मंसिर ८ गते सोमबार बिहान ११:०० बजे बस्ने भएको छ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त अधिवेशन आह्वान गरेका हुन्।
प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा अधिवेशनको जानकारी लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम प्रदेश सभा सदस्यहरूलाई जानकारी गराइएको छ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा हस्ताक्षरित सूचनापत्रअनुसार निर्धारित मितिमा अधिवेशन सञ्चालन हुने जानकारी दिइएको छ।
