मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
Latest News
कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१ मा सञ्चालन भइरहेको “१० औ प्राचीन कपिलवस्तु महोत्सव २०८३” यतिबेला विभिन्न विवादका कारण चर्चामा आएको छ। यसअघि अश्लील भोजपुरी गीतहरू बजाइएको विषयमा आलोचना खेपेको महोत्सवमा अहिले व्यवस्थापन तथा सुरक्षाकर्मीको व्यवहारप्रति पनि गम्भीर गुनासाहरू थपिएका छन्। विशेष समाचार: सिमानामा किसानलाई मल ल्याउन अवरोध नगर्न सशस्त्र प्रहरीको कडा निर्देशन घरेलु हिंसाबारे जनचेतनामूलक सन्देश: कानुनी सजायसम्मको चेतावनी ओली र रमेश लेखकलाई २६ चैतमा रिहा गर्न सर्वोच्चको आदेश बालिकाको खोजि गर्न परिवारको अपिल तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो कपिलवस्तुमा टिपर दुर्घटनामा ७ वर्षीया बालिकाको मृत्यु, अवैध बालुवा उत्खननमाथि प्रश्न सिद्धार्थ क्याम्पसमा ‘सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्य रूपमा हुँदै जिल्ला कमिटी कपिलवस्तुद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा गरिएको पक्राउलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण कार्य भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा दिउँसै धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशन सम्पन्न, रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ दिग्गज अभिनेता सुनील थापा अब हामीसँग छैनन् राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त अधिवेशन सम्पन्न लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ को नाममा तस्करी, पटकै पिच्छे बदमासी कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट कक्षा १ का विद्यार्थीको मृत्यु परीक्षा दिन हिँडेका विद्यार्थीमाथि साङ्घातिक आक्रमण, छिमेकीमाथि आरोप कपिलवस्तुका दिपेन्द्र केवट भारतको लुधियानाबाट बेपत्ता, परिवारले खोजीमा सहयोगको अपिल विद्यार्थी संगठन अनेरास्ववियुमा दीपक धामी अध्यक्ष ✈️ त्रिभुवन विमानस्थलमा ५ घण्टा उडान अवरुद्ध: भैरहवा र पोखरा किन बन्न सकेनन् वैकल्पिक गन्तव्य?
लुम्बिनी प्रदेश विशेष

गोरुसिङ्गे–सुपा देउराली सडक जोखिमपूर्ण: यात्रु र स्थानीय त्रास

  • Published२ महिना अगाडि


कपिलवस्तु , चैत्र १८ — गोरुसिङ्गे हुँदै सुपा देउरालीसम्मको सडक खण्ड पछिल्लो समय अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ। दिनरात अविरल रूपमा गुड्ने टिप्परहरूको अत्यधिक चापका कारण यात्रु मात्र होइन, स्थानीय बासिन्दासमेत त्रसित बन्न पुगेका छन्।


सडकमा गुडिरहेका भारी टिप्परहरूको बिगबिग्गीका कारण सवारी चालकहरूलाई सुरक्षित रूपमा गाडी चलाउन कठिन हुँदै गएको छ। विशेषगरी घुमाउरो मोडहरूमा दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ। “कतिबेला कहाँ के हुन्छ भन्ने ठेगानै हुँदैन,” एक स्थानीय चालकले बताए।
यस्तै, एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएका पिच सडकहरू समेत बिग्रँदै गएको देखिएको छ। अत्यधिक भार बोकेका टिप्परहरूकै कारण सडक चाँडै ध्वस्त बन्दै गएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन्।
सडक निर्माणमा गुणस्तरको कमी वा निर्माणपछि आवश्यक अनुगमनको अभाव भएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। सम्बन्धित निकायहरू—सडक विभाग, स्थानीय सरकार तथा ट्राफिक प्रहरी—को प्रभावकारी भूमिका नदेखिएको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन्।
यदि तौल नियन्त्रण तथा सवारी सञ्चालनसम्बन्धी नियमहरू कडाइका साथ लागू गरिएको भए यस्तो अवस्था आउन नसक्ने जानकारहरू बताउँछन्। जनताको करबाट निर्माण भएका सडक केही व्यक्तिको नाफाका लागि क्षतिग्रस्त हुनु अनुचित भएको उनीहरूको भनाइ छ।
स्थानीयले तत्काल सडकको गुणस्तर परीक्षण गर्न, अत्यधिक भार बोकेका सवारीसाधनमाथि कडाइ गर्न तथा यात्रु सुरक्षालाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग माग गरेका छन्। अन्यथा भविष्यमा ठूला दुर्घटना निम्तिन सक्ने चेतावनी दिइएको छ।
सुरक्षित यात्रा नागरिकको आधारभूत अधिकार भएकाले सम्बन्धित निकाय, जनप्रतिनिधि तथा नागरिक समाज सबैले मिलेर समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।

Written By
darpan

Leave a Reply

Your email address will not be published. Required fields are marked *