मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
Latest News
कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१ मा सञ्चालन भइरहेको “१० औ प्राचीन कपिलवस्तु महोत्सव २०८३” यतिबेला विभिन्न विवादका कारण चर्चामा आएको छ। यसअघि अश्लील भोजपुरी गीतहरू बजाइएको विषयमा आलोचना खेपेको महोत्सवमा अहिले व्यवस्थापन तथा सुरक्षाकर्मीको व्यवहारप्रति पनि गम्भीर गुनासाहरू थपिएका छन्। विशेष समाचार: सिमानामा किसानलाई मल ल्याउन अवरोध नगर्न सशस्त्र प्रहरीको कडा निर्देशन घरेलु हिंसाबारे जनचेतनामूलक सन्देश: कानुनी सजायसम्मको चेतावनी ओली र रमेश लेखकलाई २६ चैतमा रिहा गर्न सर्वोच्चको आदेश बालिकाको खोजि गर्न परिवारको अपिल तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो कपिलवस्तुमा टिपर दुर्घटनामा ७ वर्षीया बालिकाको मृत्यु, अवैध बालुवा उत्खननमाथि प्रश्न सिद्धार्थ क्याम्पसमा ‘सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्य रूपमा हुँदै जिल्ला कमिटी कपिलवस्तुद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा गरिएको पक्राउलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण कार्य भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा दिउँसै धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशन सम्पन्न, रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ दिग्गज अभिनेता सुनील थापा अब हामीसँग छैनन् राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त अधिवेशन सम्पन्न लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ को नाममा तस्करी, पटकै पिच्छे बदमासी कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट कक्षा १ का विद्यार्थीको मृत्यु परीक्षा दिन हिँडेका विद्यार्थीमाथि साङ्घातिक आक्रमण, छिमेकीमाथि आरोप कपिलवस्तुका दिपेन्द्र केवट भारतको लुधियानाबाट बेपत्ता, परिवारले खोजीमा सहयोगको अपिल विद्यार्थी संगठन अनेरास्ववियुमा दीपक धामी अध्यक्ष ✈️ त्रिभुवन विमानस्थलमा ५ घण्टा उडान अवरुद्ध: भैरहवा र पोखरा किन बन्न सकेनन् वैकल्पिक गन्तव्य?
कपिलवस्तु विशेष लुम्बिनी प्रदेश विशेष शिक्षा

तिलौराकोट होटेल इन्टरनेसनलद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • Published३ हप्ता अगाडि

कपिलवस्तु, २८ बैशाख ।

कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–६ लक्ष्मणपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत तिलौराकोट होटेल इन्टरनेसनलले विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १५ जना विद्यार्थीलाई झोला, कपी तथा कलम वितरण गरेको हो ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा बुद्धभूमि नगरपालिका–६ का वडा अध्यक्ष एलेन्द्र प्रसाद कुर्मी, वडा सदस्य उमाशंकर चौधरी तथा तिलौराकोट होटेल इन्टरनेसनलका प्रोप्राइटर सुनिल खत्रीले संयुक्त रूपमा सामग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको समन्वय समाजसेवी सिता गिरीले गर्नुभएको थियो ।

शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए । विद्यालयका प्रधानाध्यापक मिना कुमारी गिरीले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

उहाँले विपन्न परिवारका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री उपलब्ध हुँदा पढाइप्रति उत्साह बढ्ने र शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । साथै विद्यालयलाई सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

वडा अध्यक्ष एलेन्द्र प्रसाद कुर्मीले शिक्षा क्षेत्रको विकासका लागि सरकारी प्रयाससँगै निजी क्षेत्र र सामाजिक संघसंस्थाको सहकार्य आवश्यक रहेको बताउनुभयो । बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता सहयोग निरन्तर हुनुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै, तिलौराकोट होटेल इन्टरनेसनलका प्रोप्राइटर सुनिल खत्रीले समाजप्रतिको दायित्वअनुसार विद्यालयका बालबालिकालाई सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि शिक्षा तथा सामाजिक क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Written By
darpan

Leave a Reply

Your email address will not be published. Required fields are marked *