मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
Latest News
कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१ मा सञ्चालन भइरहेको “१० औ प्राचीन कपिलवस्तु महोत्सव २०८३” यतिबेला विभिन्न विवादका कारण चर्चामा आएको छ। यसअघि अश्लील भोजपुरी गीतहरू बजाइएको विषयमा आलोचना खेपेको महोत्सवमा अहिले व्यवस्थापन तथा सुरक्षाकर्मीको व्यवहारप्रति पनि गम्भीर गुनासाहरू थपिएका छन्। विशेष समाचार: सिमानामा किसानलाई मल ल्याउन अवरोध नगर्न सशस्त्र प्रहरीको कडा निर्देशन घरेलु हिंसाबारे जनचेतनामूलक सन्देश: कानुनी सजायसम्मको चेतावनी ओली र रमेश लेखकलाई २६ चैतमा रिहा गर्न सर्वोच्चको आदेश बालिकाको खोजि गर्न परिवारको अपिल तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो कपिलवस्तुमा टिपर दुर्घटनामा ७ वर्षीया बालिकाको मृत्यु, अवैध बालुवा उत्खननमाथि प्रश्न सिद्धार्थ क्याम्पसमा ‘सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्य रूपमा हुँदै जिल्ला कमिटी कपिलवस्तुद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा गरिएको पक्राउलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण कार्य भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा दिउँसै धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशन सम्पन्न, रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ दिग्गज अभिनेता सुनील थापा अब हामीसँग छैनन् राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त अधिवेशन सम्पन्न लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ को नाममा तस्करी, पटकै पिच्छे बदमासी कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट कक्षा १ का विद्यार्थीको मृत्यु परीक्षा दिन हिँडेका विद्यार्थीमाथि साङ्घातिक आक्रमण, छिमेकीमाथि आरोप कपिलवस्तुका दिपेन्द्र केवट भारतको लुधियानाबाट बेपत्ता, परिवारले खोजीमा सहयोगको अपिल विद्यार्थी संगठन अनेरास्ववियुमा दीपक धामी अध्यक्ष ✈️ त्रिभुवन विमानस्थलमा ५ घण्टा उडान अवरुद्ध: भैरहवा र पोखरा किन बन्न सकेनन् वैकल्पिक गन्तव्य?
कानुन राष्ट्रिय

घरेलु हिंसाबारे जनचेतनामूलक सन्देश: कानुनी सजायसम्मको चेतावनी

  • Published२ महिना अगाडि

शेषकान्त मरासिनी

कपिलवस्तु ,

समाजमा बढ्दो घरेलु हिंसाका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जनचेतनामूलक सन्देशसहितको सूचना सार्वजनिक गरिएको छ। उक्त सूचनामा घरेलु हिंसाको परिभाषा, यसको प्रकार तथा कानुनी सजायसम्बन्धी विस्तृत जानकारी दिइएको छ।सूचना अनुसार, महिला तथा परिवारका सदस्यमाथि गरिने कुनै पनि प्रकारको शारीरिक, मानसिक, यौन वा आर्थिक दुर्व्यवहारलाई घरेलु हिंसा भनिन्छ। घरेलु हिंसा (महिला संरक्षण ऐन २०६६) अनुसार यस्तो कार्य दण्डनीय अपराध हो।हिंसाका प्रकारहरूसूचनामा घरेलु हिंसालाई चार प्रमुख प्रकारमा वर्गीकरण गरिएको छः१. शारीरिक हिंसामहिलामाथि कुटपिट, चोटपटक पुर्‍याउने, धम्की दिने वा शरीरमा हानी पुर्‍याउने कार्यलाई शारीरिक हिंसा मानिन्छ।२. यौन हिंसाअवाञ्छित यौन व्यवहार, जबरजस्ती यौन सम्पर्क, अश्लील सामग्री हेर्न बाध्य पार्ने वा यौन शोषण गर्ने कार्य यस अन्तर्गत पर्दछ।३. मौखिक तथा भावनात्मक हिंसाअपमान गर्ने, गालीगलौज गर्ने, हेप्ने, धम्क्याउने, चरित्रहत्या गर्ने तथा मानसिक पीडा दिने कार्यलाई यसमा समावेश गरिएको छ।४. आर्थिक हिंसामहिलालाई सम्पत्तिमा अधिकार नदिने, आवश्यक खर्चबाट वञ्चित गर्ने, रोजगारी गर्न नदिने वा आर्थिक रूपमा निर्भर बनाउने कार्यलाई आर्थिक हिंसा भनिन्छ।कानुनी सजायको व्यवस्थासूचनामा उल्लेख भएअनुसार घरेलु हिंसा गर्ने व्यक्तिलाई ३ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ।पुनः दोहोर्‍याएर हिंसा गरेमा थप कडा सजाय हुने उल्लेख गरिएको छ। साथै, सार्वजनिक पदमा रहेका व्यक्तिले हिंसा गरेमा सजायमा थप वृद्धि हुने प्रावधान रहेको छ।यदि अदालतको आदेश उल्लंघन गरेमा २ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना वा ४ महिनासम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।उजुरी र सहयोगघरेलु हिंसा पीडितले राष्ट्रिय महिला आयोग मा सम्पर्क गर्न सक्ने र आवश्यक सहयोग प्राप्त गर्न सक्ने जानकारी पनि दिइएको छ।सूचनामा सबैलाई घरेलु हिंसा विरुद्ध सचेत हुन, पीडितलाई सहयोग गर्न र यस्ता घटनाको समयमै उजुरी गर्न आग्रह गरिएको छ।

Written By
darpan

Leave a Reply

Your email address will not be published. Required fields are marked *