कपिलवस्तु–१० कटुवामा माटो बोकेको टिपर खोलामा खस्यो

कपिलवस्तु नगरपालिका–१० कटुवामा माटो बोकेर गइरहेको एक टिपर आज दिउँसो करिब २ बजे जमुवर खोलामा खसेको छ। स्थानीय स्रोतका अनुसार टिपर अनियन्त्रित भई खोलामा खसेको हो।
घटनामा मानवीय क्षति भने नभएको पुष्टि भएको छ। चालक र सहचालक दुबै जना सकुशल रहेको प्रहरीले जनाएको छ। टिपर माटो लोड गरी गइरहेको बेला अचानक नियन्त्रण गुमाएर खोलामा खसेको बताइन्छ।
दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको टोलीले तत्काल उद्धार कार्य सुरु गरेका थिए। खोलामा टिपर आधा डुबेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।
