मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
Latest News
कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१ मा सञ्चालन भइरहेको “१० औ प्राचीन कपिलवस्तु महोत्सव २०८३” यतिबेला विभिन्न विवादका कारण चर्चामा आएको छ। यसअघि अश्लील भोजपुरी गीतहरू बजाइएको विषयमा आलोचना खेपेको महोत्सवमा अहिले व्यवस्थापन तथा सुरक्षाकर्मीको व्यवहारप्रति पनि गम्भीर गुनासाहरू थपिएका छन्। विशेष समाचार: सिमानामा किसानलाई मल ल्याउन अवरोध नगर्न सशस्त्र प्रहरीको कडा निर्देशन घरेलु हिंसाबारे जनचेतनामूलक सन्देश: कानुनी सजायसम्मको चेतावनी ओली र रमेश लेखकलाई २६ चैतमा रिहा गर्न सर्वोच्चको आदेश बालिकाको खोजि गर्न परिवारको अपिल तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो कपिलवस्तुमा टिपर दुर्घटनामा ७ वर्षीया बालिकाको मृत्यु, अवैध बालुवा उत्खननमाथि प्रश्न सिद्धार्थ क्याम्पसमा ‘सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्य रूपमा हुँदै जिल्ला कमिटी कपिलवस्तुद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा गरिएको पक्राउलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण कार्य भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा दिउँसै धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशन सम्पन्न, रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ दिग्गज अभिनेता सुनील थापा अब हामीसँग छैनन् राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त अधिवेशन सम्पन्न लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ को नाममा तस्करी, पटकै पिच्छे बदमासी कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट कक्षा १ का विद्यार्थीको मृत्यु परीक्षा दिन हिँडेका विद्यार्थीमाथि साङ्घातिक आक्रमण, छिमेकीमाथि आरोप कपिलवस्तुका दिपेन्द्र केवट भारतको लुधियानाबाट बेपत्ता, परिवारले खोजीमा सहयोगको अपिल विद्यार्थी संगठन अनेरास्ववियुमा दीपक धामी अध्यक्ष ✈️ त्रिभुवन विमानस्थलमा ५ घण्टा उडान अवरुद्ध: भैरहवा र पोखरा किन बन्न सकेनन् वैकल्पिक गन्तव्य?
अन्य

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने तयारी, निर्वाचन आयोगले पठायो कानुनी सिफारिस

  • Published७ महिना अगाडि

काठमाडौं, कात्तिक २०कपिलवस्तु दर्पण समाचार

निर्वाचन आयोगले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार दिने उद्देश्यले आवश्यक कानुनी संशोधनका लागि गृहमन्त्रालयलाई औपचारिक सिफारिस पठाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सरकारले माग गरेको सुझावअनुसार आयोगले मतदाता नामावली ऐन, निर्वाचन अपराध तथा सजाय ऐन, निर्वाचन आयोग ऐन, र प्रतिनिधिसभा निर्वाचन ऐनमा संशोधनका लागि कानुनी धाराहरू प्रस्ताव गरेको हो।

भट्टराईका अनुसार, “गृहमन्त्रालयले कानुनी राय मागेकाले हामीले आवश्यक शब्दावली र धारासहित सिफारिस पठाएका छौं। तर यसको व्यवहारिक कार्यान्वयनका लागि सरकारले अझ तयारी गर्नुपर्नेछ,” उनले भने।

हालका कानुनमा विदेशस्थित नेपालीहरूले कसरी र कहाँबाट मतदान गर्न सक्ने भन्ने प्रावधान स्पष्ट नभएकाले त्यसका लागि नयाँ कानुनी संरचना आवश्यक भएको आयोगको मत रहेको छ।

यससँगै सरकारले चाहेमा अध्यादेशमार्फत कानुन संशोधन गरी विदेशमा रहेका नेपालीलाई मताधिकार दिने बाटो खुला भएको छ।

प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानले संयुक्त रूपमा विदेशमा मताधिकार सुनिश्चित गर्न कानुनी मस्यौदा र नीति निर्देशन तयार गर्दैछन्।

गृहमन्त्रालयका अधिकारीहरूका अनुसार, आगामी प्रतिनिधिसभा निर्वाचन (फागुन २१) मा प्रारम्भिक रूपमा केही छानिएका मुलुकहरूमा परदेशी मतदाता प्रणाली लागू गर्ने सम्भावना अध्ययन भइरहेको छ। तर कुन देशबाट सुरु गर्ने र कुन प्रणाली अपनाउने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ।

प्रतिनिधिसभा अहिले विघटित अवस्थामा भएकाले कानुनी संशोधन अध्यादेशमार्फत मात्र सम्भव भएको र त्यसका लागि आयोगको कानुनी राय आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

🔸 स्रोत: निर्वाचन आयोग, गृहमन्त्रालय
🔸 समाचार: कपिलवस्तु दर्पण

Written By
darpan

Leave a Reply

Your email address will not be published. Required fields are marked *