५ वर्ष पुरानो फैसलाको आधारमा राष्ट्र बैंकद्धारा ‘सीएसआर’ नीति परिवर्तन
व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको रकममा सम्वन्धित संस्थाहरुले मनपरी गर्ने गरेको कुरा उठिरहेको बेला नेपाल राष्ट्र बैंकले नयाँ बैंक तथा वित्तीय संस्थाले त्यसबारेमा नयाँ निर्देशन जारी गरेको छ ।
गत साता जारी गरिएको उक्त निर्देशन पछि कोषमा जम्मा गर्ने रकम गरिब र विपन्नको निम्ति खर्च हुने अवस्था सृजना भएको दावी राष्ट्र बैंकका अधिकारीहरुले गरेका छन् ।
नेपाल राष्ट्र वैंकले जारी गरेको नयाँ निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले कोषको रकम गरिब तथा विपन्न वर्गको बाहुल्य रहेका क्षेत्रमा रहेका सरकारी तथा सामुदायिक विद्यालयमा खेलकुद सामग्री तथा पूर्वाधारमा, आर्थिक रूपले विपन्न समुदायको छनौट गरी त्यस्तो समुदायको आवास, शिक्षा, स्वास्थ्य, बालबालिका तथा महिलाको उत्थान तथा उक्त समुदाय बसोबास गरिरहेको निश्चित स्थान भए त्यसको पूर्वाधार विकासलगायतमा खर्च गर्न सक्नेछन् ।
त्यस्तै गरिबीको रेखामुनि रहेका जनसमुदायको हकअधिकार संरक्षण गर्ने उद्देश्यका साथ स्थापना गरिएको सामाजिक संस्थामार्फत् त्यस सम्बन्धमा नीतिगत तथा कानुनी वकालत गर्न र त्यस्तो समुदायको राज्यसँग संवाद गर्न सक्ने क्षमता विकास गर्न व्यावसायिक सामाजिक जिम्मेवारी वहन गर्न, गरिब तथा विपन्न वर्गका व्यक्तिको आय आर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रदान गरिने व्यावसायिक तथा सीपमूलक तालिमको लागि खर्च गर्न पाउनेछन् ।