पर्यटन पूर्वाधार विस्तारको योजना

कालीगण्डकी किनारमा अवस्थित प्रेमको प्रतीक मानिने ऐतिहासिक रानीमहलको अवलोकन गर्दै मुख्यमन्त्रीले सडक पहुँच, सरसफाइ र होटल व्यवस्थापनलाई प्राथमिकता दिइने बताए।

लुम्बिनी, कपिलवस्तु र पाल्पालाई जोड्ने पर्यटकीय सर्किट निर्माण गर्न प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाइएको छ।